दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  धनिलाल गर्बुजा

बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान करिव ९.३० बजे बेनी–जोमसोम–कोरला सडक अन्तर्गत दानादेखि बेनीतर्फ आउदै गरेको ग १६ प ६१६४ नम्बरको मोटरसाइकल बेनी देखि जोमसोमतर्फ जादै गरेको ग २ ख २१३९ नम्बरको बसमा ठोक्कीदा दुर्घटना भएको ईन्द्रसिङ सेरचनले जानकारी दिनुभयो ।

दुुर्घटनामा परि मोटरसाइकल चालक बिरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो । अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए ।

फोटो सौजन्य: ईन्द्रसिङ सेरचन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार