
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष छुट्नुभएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।वरिष्ठ उपाध्यक्ष मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा रहनुभएको थियो ।
कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।
राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उहाँकी पत्नी सारिका कार्कीले वैशाख ३० गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दिनुभएको थियो ।