शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)

बेनी । केही दिन अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा नेतृत्व सम्हाल्नुभएका डिएसपी सुर्य बहादुर थापाले  शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरणलाई आफुले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुसंगको भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा नवआगन्तुक प्रहरी नायव उपरिक्षक थापाले यस्तो बताउनुभएको हो । यसैगरी म्याग्दीमा प्रहरी संगठनभित्र दरबन्दी अनुसारको जनशक्ति नभएको र भौतिक पुर्वाधार स्रोत साधन अभाव रहेको बताउँदै  व्यवस्थापनको लागि सबैसँग सहकार्य तथा समन्वय गर्ने उहाँको भनाइ थियो । समुदायसंग प्रहरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो । कार्यालयबाट प्रवाह हुने सेवालाई छिटो छरिटो बनाउनले योजना सुनाउनुभयो ।

भिडिओ हेर्नुहोस्…

लागुऔषध कारोबार नियन्त्रण र सवारी दुर्घटना न्युनिकरणका लागि विशेष ध्यान दिने उहाँले जोड दिनुभयो । प्रहरी असल नागरिकको भरोसा र गलत खराब काम गर्नेको लागि भय बन्नुपर्ने आफ्नो सिद्धान्त रहेको उहाँले बताउनुभयो । ‘‘म्याग्दीमा प्रहरी संगठनभित्र दरबन्दी अनुसारको जनशक्ति नभएको पाइएको छ । अझै केही इप्रका ,चौकीहरुले भौतिक पुर्वाधारको अभावमा भाडाको घरबाट सेवा दिएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीलाई भुगोल अनुसारको  प्रयाप्त मोटरसाइकल लगायत सवारी साधन छैनन ,’’ प्रनाउ थापाले भन्नुभयो ,‘‘मेरो नेतृत्वमा जिल्लामा शान्तिसुरक्षा कायय सँगै प्रहरी संगठनभित्र जनशक्ति र स्रोत साधन व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर काम गर्ने योजना बनाएको छु । त्यसै अनुसार म इमानदार एवं प्रतिबद्ध भएर काम गर्नेछु ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार