
बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ आइतबार गृहजिल्ला म्याग्दी आउनुहुने भएको छ । राज्य मन्त्री गर्बुजाका निजी सचिवालयका अनुसार,आइतबार बिहान काठमाडौंबाट पोखरा आएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट सँगै सोही अवसरमा जिल्लाका विकास योजनाबारेमा छलफल गर्नुहुने भएको छ ।
म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजा केही दिन अघि मात्र राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।राज्यमन्त्री बनेपछि आइतबार पहिलोपटक गृहजिल्ला म्याग्दी आउन लाग्नुभएको हो । आइतबार दिउँसो रत्नेचौर हुँदै बेनी आएपछि जिल्ला पार्टीका नेता तथा कार्यकर्ता ,शुभेच्छुक लगायत सँग भेटघाट गर्ने समयतालिका रहेको छ । यसैगरी प्रदेशसभा (क)र (ख)का सबै पालिकामा सञ्चालित विभिन्न विकास निर्माणका योजना अनुगमन संगै भेटघाट तथा जिल्ला स्थित कार्यालय प्रमुखहरु सँग छलफल ,अन्तरक्रिया गर्ने समय तालिका रहेको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले बताउनुभयो ।