कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो

  म्याग्दी न्युज संवाददाता

गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ ।

घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिनुभयो।

बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतृत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार