लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी

  म्याग्दी न्युज संवाददाता

बेनी। बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्मा दोस्रो, बेनी आवासीय माविका सौरभ सुवेदी तेस्रो र जामुनाखर्क माविका गरिमा परियार सान्तवना हुनुभयो ।

प्रथम, दोस्रो, तेस्रो र सान्तवनालाई क्रमश नगद २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, १० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँको साथमा प्रशसापत्र प्रदान गरिएको थियो ।बेनी सामुदायिकका प्रकृति बानियालाई अनुशाषित गायिका घोषणा गरिएको छ । किसानी मावि बिमका कृष्टि पुन र न्यु वेष्ट पोइन्ट आवासीय माविका दृष्टि श्रेष्ठलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

सोही अवसरमा भएको प्रथम गण्डकी लोकतारा–२०८२ को जिल्ला अडिसनबाट बिजय परियार र गरिमा परियार छनौट हुनुभएको छ । उहाँहरुले आगामी असार ७ गते पोखरामा हुने गण्डकी लोकतारामा म्याग्दी जिल्लाबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रब जिसीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव बिजुन केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताअघि लोक संगितको उत्थान र प्रर्वद्धनमा योगदान गर्ने सात जनालाई सम्मान गरिएको थियो । स्थानीय मौलिक लोक भाकाको संरक्षण र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष जिसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार