दग्नामको भुमे पुजा मेला सम्पन्न

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा आयोजित भुमेपुजा मेला –विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय एकता युवा क्लबको आयोजनामा संचालित आइतबार सम्पन्न मेलामा यु–२० बास्केटबल ,पुरुष बास्केटबल ,पुरुष र महिला भलिबल ,आँगन कार्यक्रम ,दग्नामी साँझ लगायत कार्यक्रम संचालन भएका थिए । यु–२० बास्केटबलमा विजेता काफलडाँडाले नगद ५५ हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा उपविजेता बनेको चिमखोलाले ३३ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

पुरुष बास्केटबलमा विजेता र उपविजेता बनेका पिप्ले र कुँहुले क्रमश: एक लाख एक हजार १११ र साठी हजार१६६ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र हात पारेका छन् । यसैगरी पुरुष भलिबलतर्फ पकुवा पर्वत विजेता र उपविजेता बनेको साझापानी राखुले क्रमशः ७० हजार र ४० हजार सहित मेडल र प्रमाणपत्र तथा महिलातर्फ विजेता अर्मन र उपविजेतामा चित्त बुझाएको अर्घौ पोखराले क्रमश: पचास हजार र ३० हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेको एकता युवा क्लबका पुर्व अध्यक्ष तथा जनता माविका प्रअ गुन पुन मगरले जानकारी दिनुभयो ।  उहाँका अनुसार,आँगन कार्यक्रममा प्रथम हुनुभएका त्रिना पाइजा र मेघना गर्बुजा ,द्धित्तिय विपना गर्बुजा ,तृतिय सुस्टिना गर्बुजा ,सान्त्वना भएका सुवास्ना गर्बुजा र कुशुम पुनले क्रमशः १५ हजार ,१० हजार ,५ हजार र दुवै जना सान्त्वना हुनेले २ हजार ५०० रुपैयाँ पुरस्कार हात पारेका छन् । क्लब अध्यक्ष ,मेला अध्यक्ष ,स्थानीय समाजसेवी ,पुर्व क्लब अध्यक्ष ,चन्दादाता लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

हरेक वर्ष भुमेपुजाको अवसरमा मेलाको आयोजना गरिँदै आएको छ । मेलाको उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको थियो । दग्नाम राज्यमन्त्री गर्बुजाको जन्मगाउँ समेत हो । नवनियुक्त राज्यमन्त्री गर्बुजालाई गाउँबासीले भव्य सम्मान समेत गरेका थिए । क्लबको अगुवाइमा हरेक वर्ष झैं यसवर्ष पनि भुमेपुजाको अवसरमा लिङ्गो जुधाई प्रतियोगिता ,पुर्ख्यौली नाच लगायत कार्यक्रम समेत सम्पन्न भएको छ ।

स्थानीय कला संस्कृतिको जगेर्ना ,प्रचारप्रसार तथा खेलकुद क्षेत्रको विकास ,एकआपसमा भाइचारा सम्बन्ध स्थापित गर्न र खेलप्रतिभाको पहिचान गर्न मेला संचालन गरिएको क्लब अध्यक्ष मनोज तिलिजाले बताउनुभयो । मेलालाई सफल रुपमा सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । संस्थापक क्लब अध्यक्ष गुन पुन मगर ,पुर्व क्लब सचिव कृष्ण गर्बुजाले मेलामा कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार