गलेश्वर शिवालय क्षेत्र विकास कोषको सदस्य सचिवमा थापा

  म्याग्दी न्युज संवाददाता

बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमिति सदस्य सचिवमा सम्मरबहादुर थापा चयन हुनुभएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन हुनुभएको थियो ।बिहिबारको कोषको बैठकले बेनी नगरपालिका–९,का थापालाई सदस्य सचिवमा चयन गरेको हो । सदस्य सचिवमा चयन भएका थापासँग बेनी सामुदायिक माविको अध्यक्ष र पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरेको अनुभव छ ।

कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी शर्मा, पुयण्बहादुर चोखाल, टेकबहादुर बानियाँ, मनु पुन फगामी, देवी प्रसाद छन्त्याल, लक्ष्मीकुमारी केसी (कार्की), पूर्णबहादुर बानियाँ, धनप्रसाद रोका, रामजी शर्मा, र मनोज पौडेल चयन हुनुभएको थियो ।सोही अवसरमा वडा अध्यक्ष चक्रबहादुर केसीले धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा स्थापित गलेश्वर मन्दिरमा आवश्यक पुर्वाधार विस्तार सहित भक्तजनलाई सहज हुने गरी नयाँ नयाँ योजना ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यसमितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार