लमसुङ र नेरवाङमा दुई घर भत्किए

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा अविरल वर्षाका कारण शनिबार राती दुई वटा घर भत्किएका छन् । धवलागिरी गाउँपालिका–२, लमसुङ र वडा नम्बर–४, को नेरवाङमा घर भत्किदा छ जनाको दुई परिवार विस्थापित भएका हुन् । लमसुङ माविका प्रअ सेरबहादुर बिकका अनुसार स्थानीय जमलाल विकको ढुङ्गा माटेले बनेको दुई तले घरको छानो खसेको हो ।

७१ वर्षीय जमलाल र उहाँकी श्रीमती छिमेकीकहाँ बसोबासको ब्यवस्था मिलाइएको प्रअ बिकले बताउनुभयो । यसैगरी नेरवाङका नरबहादुर घर्तीको ढुङ्गा माटोले बनेको एक तले घरको छानो खसेर भत्किएको छ । घर भत्किएपछि नरबहादुरका चार जनाको परिवारलाई छिमेकीकहाँ बसोबासको व्यवस्था मिलाएको नेरवाङ आधारभूत विद्यालयका प्रअ इन्द्र पुनले बताउनुभयो । शनिबार साँझ देखिको निरन्तरको झरीका कारण अर्चे देखि नेरवाङ जोड्ने पदमार्ग पहिरोले बगाएकाले विद्यार्थीहरुलाई विद्यालय जान आउन समस्या भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार