
गलेश्वर ।म्याग्दीको बेनी नगरपालिका -९, गलेश्वरधाममा आज साउनको तेस्रो सोमबार देखिएको भक्तजनहरूको भीडभाड । साउन महिना र सोमबारका दिन भगवान शिवको विशेष दिन रहेकोले शिवालय मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
साउन महिनाको तेस्रो सोमबार गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथा रुपन्देहीसम्मका दर्शनार्थीले पनि हालसम्म दर्शन गरेर फर्किसकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।मन्दीरमा आउने भक्तजनलाई लक्षित गरी शुरक्षा लगायत विभिन्न व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाइएको छ ।
भिडिओ हेर्नुस्…