जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल

  म्याग्दी न्युज संम्वातदात

बेनी । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका–३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो ।

यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र प्रदान गर्नुभएको छ । गत चैत १९ गते कोषाध्यक्ष नियुक्त भएका नरेश पुन अस्ट्रेलिया गएपछि उक्त पद रिक्त भएको थियो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा बिष्णुकुमारी रोका, सचिवमा कुमार किसान रहनुभएको छ । नवनियुक्त कोषाध्यक्ष मल्लले समितिलाई खेलकुद गतिविधिमा केन्द्रित गदैं जिल्लाभित्र खेलाडी उत्पादन र प्रोत्साहनमा केन्द्रित हुने बताउनुभयो । यसअगाडीको कार्यकालमा कार्यसमिति सदस्य रहनुभएका मल्ल पुर्व कराँते खेलाडी तथा प्रशिक्षक समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार