बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका गाउँपालिकाको संस्थापक उपाध्यक्ष समेत हुनुहुन्छ ।

सम्मेलनबाट अनेमसंघको प्रदेश कार्यसमिति उपाध्यक्षमा पद्ममा गुरुङ, उपाध्यक्षमा कमला मरासिनी ,सचिवमा रमा त्रिपाठी ,सहसचिवमा निर्मला वाग्ले, कोषाध्यक्षमा कृष्ण माया गुरुङ लगायत सदस्यहरु निर्वाचित हुनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य समेत रहनुभएकी अध्यक्ष बिटालुले आफुलाई अध्यक्ष पदमा सर्वसम्मत गराउन सहयोग गर्ने ११ वटै जिल्लाका प्रतिनिधिहरु ,नेता तथा कार्यकर्ताहरु लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अनेमसंघको नेतृत्वमा प्राप्त उपलब्धी र परिवर्तनलाई थप संस्थागत गर्दै संगठन र पार्टी थप बलियो बनाउन आफु सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।


























