पात्लेखेत गाउँ पहिरोको उच्च जोखिममा (भिडिओ)

म्याग्दी । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।विक्रम संवत् २०६९ सालदेखि पात्लेखेत गाउँको पुछारबाट बान्द्रेखाल्टी पहिरो र पाखा पहिरो निरन्तर जान थालेपछि सिङ्गो गाउँ नै पहिरोको जोखिमा परेको हो । भिरालो अनि कमजोर भूगोलको कारण पहिरो जाने क्रम रोकिएको छैन ।धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको अति उच्च जोखिममा परेका छन् । खेतबारी हुँदै बस्तीसम्म पहिरो आइपुगेर दर्जनौँ घरलाई चिराचिरा पारेको छ । घर,आँगनसमेत चर्किएर जोखिम बढे पनि स्थानीयवासी जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।

बान्द्रेखाल्टी र पाखा पहिरोपहिरोको कारण हरि गर्बुजा ,खम्बी गर्बुजा ,यामबहादुर राम्जाली र लालबहादुर हमाल विस्थापित हुनुभएको बेनी नगरपालिका कार्यपालिका सदस्य समेत रहनुभएकी स्थानीय निर्मला मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार,पहिरोबाट गोकुल शर्मा ,केदार सुवेदी ,नरबहादुर मल्ल ,जागेश्वर रिजाल,धनबहादुर मल्ल ,अर्जुन पराजुली ,मनबहादुर रावत,टीका गिरी र कमल मल्लको घर अति उच्च जोखिममा परेका छन् । भने बान्द्रेखाल्टी पहिरोले ३५ घरधुरी जोखिममा परेका छन् । भने पाखा पहिरोबाट २८ घरधुरी बढी जोखिममा परेका छन् ।

भिडिओ हेर्नुहोस्…

पहिरोले सात सय रोपनी बढी खेतीयोग्य जमिन बगाएको र करिब हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । वि.सं २०७२ मा गएको भूकम्पको कारण पहिरो नियन्त्रण बाहिर गएको स्थानीयवासी सुवेदीले बताउनुभयो । ‘‘पहिरोले मेरो घर सहित धेरै घरहरु उच्च जोखिममा परेका छन् । छोडेर अन्त जाने ठाउँ छैन । बर्खा लागेपछि पहिरोको त्रासले राती जागरम बस्नुपर्छ ,’’ उहाँले दुखेसो पोख्दै भन्नुभयो ।

याे पनि पढ्नुहाेस्…

उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाद्वारा पात्लेखेत पहिरोको निरीक्षण

भूकम्पपछि जङ्गलको बीचबाट पहिरो तल रघुगङ्गा नदिको किनार र माथि बस्तीसम्म नै पुगेको छ । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको छ । अहिले यहाँका करिब तीस जना बढी स्थानीयको सयौँ रोपनी खेतीयोग्य समिन पूरै पहिरोले बगाएको छ ।रोकथामको लागि वडाबाट ग्यावियन पर्खाल निर्माण गरिए पनि गत महिनाको पहिरोले बगाएको छ ।यसअघि पनि विभिन्न निकायबाट रोकथामका लागि काम भएनी सफल हुन सकेन । भूकम्पपछि पात्लेखेत भूमिगत पहिरोको थप चपेटामा परेको नगरकार्यपालिका सदस्य मल्लले बताउनुभयो ।

उक्त पहिरोको शनिबार सङ्घीय सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थलगत निरिक्षण गर्नुभएको छ । स्थानीय जनप्रतिनिधि , सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीका प्राविधिक टोली र पार्टीका नेता तथा कार्यकर्ता सहित निरीक्षणमा पुग्नुभएका कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको थियो । राज्यमन्त्री गर्बुजाले प्राविधिक टोलीले गरेको विस्तृत अध्ययनको आधारमा दीर्घकालीन रोकथामका लागी पक्की पर्खाल सहितको पुर्वाधार संरचना निर्माण गर्न बजेट व्यवस्थापनको लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार