
बेनी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको बेनी नगरपालिका–४, सिंगाको प्रथम वडा अधिवेशनबाट मान बहादुर कार्की (रमेश)को सभापतित्वमा वडा समिति गठन भएको छ। आइतबार सिंगामा भएको भेलाबाट उपसभापतिमा उमेश केसी, सचिवमा अजय खड्का,सदस्यहरूमा बिष्णु घले, सुक बहादुर गुरुङ, सन्तोष बानियाँ, टेक बहादुर बानियाँ, कुल बहादुर गुरुङ, रोशन क्षेत्री रहनुभएको जिल्ला सभापति यूवराज रोकाले जानकारी दिनुभयो ।
भेलालाई सम्बोधन गदैं पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध लिएर सहकारी काण्डमा फसाइएको बताउनुभयो । सभापति लामिछानेमाथि सरकारले अन्ययापूर्ण व्यवहार गरेकाले पार्टीले संसद् र सडकबाट प्रतिरोध गरेको बताउँदै अव आन्दोलन र संगठन विस्तारलाई संंगसंगै लैजाने बताउनुभयो । तत्लो तहसम्म सङ्गठन निर्माणको अभियान लिएर पार्टी देशभर परिचालित भएको परियारको भनाई छ ।
कार्यक्रममा म्याग्दी इन्चार्ज अविन तुलाचना, गण्डकी प्रदेशका सहमहामन्त्री कृष्णप्रसाद लम्साल,केन्द्रिय प्रचारप्रसार विभागका सदस्य अशोक खड्का,गण्डकी प्रदेश महामन्त्री नविन त्रिपाटीले मन्तब्य राख्नुभएको थियो ।
पार्टी सभापति रोकाको सभापतित्वमा भएको भेलामा स्वागत सचिव राजाराम बरुवाल र सञ्चालन उपसचिव कल्पना खत्रीले गर्नुभएको थियो । रास्वपाले म्याग्दी जिल्लाभित्रका सबै वडामा संगठन विस्तार सहित मिसन ८४का लागि केन्द्रित हुने जनाएको छ ।