म्याग्दी । म्याग्दीको सडक बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । सोमबार दिउँसो बेनी–दरबाङ सडक खण्ड अन्तर्गत जिल्लाको मंगला गाउँपालिका–२,खहरेखोला स्थित सडक माथिबाट खसेको सुख्खा पहिरोको कारण सडक अवरुद्ध बनेको हो । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
ठुलो पहिरोको खसेकोले खुलाउन कठिनाइ भएको छ । गत वर्षदेखि त्यस क्षेत्रमा पहिरो जान थालेको हो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । पहिरोले बेनी–दरबाङ सडकमा सिधा याता अवरुद्ध बनेपछि म्याग्दीका पश्चिम भेगका नागरिकले सास्ती व्यहोर्न बाध्य भएको यातायात व्यवसायी कमल फगामीले बताउनुभयो । फगामीले बताउनुभयो । बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बाङ्गे पहिरो ,फापरखेत पहिरोले वर्षेनी सास्ती दिने गरेको छ ।


























