बेनी ।म्याग्दीको बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । मंगला गाउँपालिका–२,खहरेखोला नजिकै सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरोले सडकमा सिधा यातायात अवरुद्ध बनेको थियो । पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सुचारु भएको छ । सोमबार दिउँसो सडक माथिबाट खसेको पहिरो पन्छाएपछि मंगलबार मध्यान्हदेखि सडक सुचारु भएको यातायात व्यवसायी भक्त सिंकिजा पुन मगरले जानकारी दिनुभयो । पुर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउन जेसिभी परिचालन गरेको थियो । उक्त पहिरोले विद्युतको पोल समेत ढलाएको छ । सडक अवरुद्ध हुँदा यात्रु र व्यवसायी मर्कामा परेका थिए ।
याे पढ्नुहाेस्…
गत बर्ष पहिरो खसेको ठाउँ नजिकै नयाँ पहिरो खसेको हो । उक्त क्षेत्रमा गत वर्षको पहिरो नपन्छाउँदा सवारी साधन आवत जावतमा समस्या भएको छ । म्याग्दी नदी निर्माणाधिन जलविद्युत आयोजनाको काम पनि प्रभावित बनेको छ । फापरखेत, पानाबगर, बाङ्गेपहिरो क्षेत्रमा बर्खायाममा हुने सडक अवरुद्धका कारण म्याग्दीको पश्चिमी क्षेत्रको जनजिवन प्रभावित भएको छ ।
भिडिओ हेर्नुहोस्…


























