आनन्दबगरमा मोटरसाइकलको ट्याङ्की फेला

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–१,आनन्दबगर कालिगण्डकी नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएको छ । शनिबार रातीदेखि बेनीबाट सम्पर्कविहिन हुनुभएका भगवतीका एककुमार रिजाल र जामुनाखर्कका हरिप्रसाद शर्मा ( रिजाल) बेनीबजारको कालिगण्डकी नदीमा निर्मित चक्रपथ ( रिङरोड)बाट कालिगण्डकी नदीमा खसेको आशंकामा खोजीकार्यमा जुटेका आफन्त र प्रहरीको टोलीले पल्सर १५० सिसी मोटरसाइकलको ट्याङ्की फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

जिल्लाको रघुगंगा गाउँपालिका– २,भगवतीका ३६ वर्षीय एक कुमार रिजाल र बेनी नगरपालिका–६,जामुनाखर्कका २५ वर्षिय हरिप्रसाद शर्मा (रिजाल) शनिवार राती करिब ११ बजेदेखि सम्पर्क विहिन हुनुभएको थियो ।

यो पनि पढ्नुहोस…

बेनीबाट दुई जना युवा सम्पर्कविहिन

‘‘शनिबार राति १०ः५५ बजेको समयमा बेनी स्थित एक होटलमा खाना खाएर मोटरसाइकल चढेर निस्किएको सिसिटिभी क्यामेरामा देखिन्छ । दुई युवा चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्मित चक्रपथतर्फ मोडिएको सिसी क्यामेराले देखाएको छ । लगत्तै १०ः ५८ को समयमा मोवाइल फोन समेत स्विच अफ भएको छ ,’’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक पौडेलले भन्नुभयो।

सडकबाट दुर्घटना भएर कालीगण्डकी नदीमा खसेको हुन सक्ने आशंकामा खोजी गर्ने क्रममा मंगलबार सांझ नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएपछि वार कोर्ड मार्फत पुष्टि गर्ने काम भइरहेको सूचना अधिकारी प्रनि पौडेलले बताउनुभयो । एककुमारका भान्जा पर्ने कृष्ण शर्मा र हरिका आफन्तका अनुसार, उक्त रात दुवैजना हरिको मोटरसाइकलमा चढेर होटल जानुभएको थियो । सम्पर्कविहिन हुनुभएका हरिले पनि १५० सिसिको मोटरसाइकल चलाउदै आउनुभएको थियो । सिसीटिभी फुटेज र घटनास्थलको आशंका गरिएको स्थानमा मङ्गवार जुत्ता र हेल्मेटको सिसा भेटिएको छ । सम्पर्कविहिन भएका दुवै जनाको खोजीका लागि कालीगण्डकी नदीमा आजबाट सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार