बेनीबाट सम्पर्कविहिन दुई जना मध्ये एकको मालढुङ्गामा शव भेटियो

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट गत शनिवारदेखि सम्पर्कविहिन दुई युवा मध्ये एक जनाको शव भेटिएको छ । बेनी नगरपालिका- ६, जामुनाखर्कका २५ वर्षीय हरिप्रसाद शर्मा रिजालको शव सम्पर्कविहिन बनेको ६ दिन पछि शुक्रबार दिउँसो बागलुङको मालढुङगा स्थित कालीगण्डकी किनारमा भेटिएको हो ।

यो पनि…

बेनीबाट दुई जना युवा सम्पर्कविहिन

नदी किनारमा शवदेखिपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । शवलाई परिवारले पहिचान गरेपछि पोष्टमार्टमका लागि बागलुङ अस्पताल लगिएको छ । पोष्टमार्टम पश्चात आजै बेनी स्थित घाटमा दाहसंस्कार गरिने पारिवारीक श्रोतले जनाएको छ ।

उहाँसंगै सम्पर्कविहिन अर्का युवा रघुगंगा गाउँपालिका –२ ,भगवतीका ३६ वर्षीय एक कुमार रिजालको अवस्था भने अझै अज्ञात रहेको छ । दुवै युवाहरु बेनीको रिङरोडबाट मोटरसाइकल सहित कालीगण्डकी नदीमा खसेको आशंकामा गोताखोर टोलीले खोजतलास गर्नुका साथै प्रहरी र परिवारले नदि आसपासका क्षेत्रमा खोजी गरिरहेका थिए । यसअघि आनन्द बगरमा ट्याङकी समेत भेटिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार