जिपको ठक्करबाट बेनीमा तीन वर्षीय बालकको मृत्यु , चालक प्रहरी नियन्त्रणमा 

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित गणेशटोलमा हाईलेक्स जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेनी नगरपालिका–८, मा मुस्ताङबाट पोखरा जादै गरेको बा २६३४ नम्बरको डिमेक्स हाईलेक्स जिपले शनिबार  पैदलयात्री जिल्ला पर्वत जलजला गाउँपालिका–७ ,तीन बर्षिय रियास सुनारको ज्यान गएको हो ।

उक्त जिपले बालकलाई ठक्कर दिएपछि गम्भीर घाईते अवस्थामा प्रदेश अस्पताल बेनीमा उपचारको क्रममा चिकित्सकले राती पौने ९ बजे मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । ‘´चिन्ताजनक अवस्थामा अस्पतालमा पु¥याइएको थियो, चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको छ,´’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । दुर्घटनापछि थप अनुसन्धान गरिरहेको  जिल्ला प्रहरी कार्यालयले म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार