जेन-जी प्रदर्शन : देशभर मृत्यु हुनेको संख्या १९ पुग्यो , करिब तीन सय ५० जना घाइते

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । सोमबार जेन-जीहरूको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो ।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा करिब ३ सय जना घाइते उपचाररत छन् ।काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तस्बिर स्रोत : काठमाण्डु प्रेस

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार