गृहमन्त्री लेखकले दिए राजीनामा

  म्याग्दी न्यूज संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार,उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएको हो ।त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराउनुभएको थियो ।

 

सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएका छन् ।

कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो ।कांग्रेस सभापति देउवा त्यसमा मौन रहे भने गृहमन्त्री लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा जानुभएको थियो । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बन्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार