बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ ।
हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन् । सुरक्षा चुनौतिलाई मध्यनजर गरेर बेनीमा शान्तिसुरक्षा कायम गर्न कर्फ्यु जारी भएको प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले बताउनुभएको छ । प्रजिअ तिवारीले भन्नुभयो, ‘अब लगत्तै बेनी नगरपालिकाको १, २, ६, ७, ८ र ९ नम्बर वडामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।’


























