म्याग्दी कारागारबाट कैदी भगाउने पाँच अभियुक्त पक्राउ

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दी कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका थुनुवा र कैदी भगाउन सहयोग पु¥याएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ बमोजिम अनुसन्धान र अन्य संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

सुरक्षा संवेदनशिलताका कारण पक्राउ परेकाहरुको नाम तत्काललाई गोप्य राखिएको उहाँले बताउनुभयो । भदौ २५ गते बिहान म्याग्दी कारागारमा पुगेको समूहले ७६ जना कैदीबन्दी भगाएको थियो ।

८८ जना कैदीबन्दी रहेको कारागारमा छ जना महिला सहित हिड्न नसक्ने, बिरामी र कैद अवधी सकिन लागेका १२ जना बाहेक सबैलाई उक्त समूहले भगाएका थिए । भागेकाहरु मध्य ३५ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार