अत्यावश्यक संस्था छानीछानी जलाइयो– प्रधानमन्त्री कार्की (भिडिओ)

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले २७ घण्टा चलेको आन्दोलनमा व्यापक जनधनको क्षति भएको बताउँदै घटनाको सत्य तथ्य छानबिन र दोषीमाथि कारबाही गर्नुपर्ने धारणा राखेकी छन्।आन्दोलनकारीदेखि प्रहरीसम्मको मृत्यु भएको तथा सरकारी संरचना र तिनका अभिलेख पूर्णरूपमा नष्ट भएको बताइन् ।

‘भौतिक संरचना फेरि निर्माण गर्न सकिन्छ, तर रेकर्ड नष्ट भएपछि हामी शून्य अवस्थामा छौं,’ उनले भनिन्।कार्कीले सुरक्षाकर्मीहरूको मृत्यु भएको, प्रहरीका गाडीहरू नष्ट भएको र अदालतका महत्वपूर्ण फाइलहरू समेत जलेर नष्ट भएको जानकारी दिँदै यसपटकको हिंसा मुलुकका अत्यावश्यक संस्थाहरूमै लक्षित भएर गरिएको बताइन्।देशमा पहिलोचोटि यस्तो घटना भएको हो। अनुहार देखाउन नसक्ने गरी घटना गराइएको छ । ‘प्लान वे’मा भएको षड्यन्त्र जस्तो देखिन्छ,’ कार्कीले भनिन्।

भिडिओ हेर्नुहोस्…

उनले घटनामा संलग्नलाई नेपाली भन्न नसकिने बताइन्ने । प्रधानमन्त्री कार्कीले आफू सत्ताको रसास्वादनका लागि नभई परिस्थितिवश जिम्मेवारी स्वीकारेको स्पष्ट पार्दै, छानबिन, कारबाही र आवश्यक काम पूरा गरी छ महिनापछि जिम्मेवारी हस्तान्तरण गर्ने अठोट दोहोर्‍याइन् ।

‘हामीलाई खोजिएपछि सेवा नगर्ने भनेर भाग्न मिल्दैन भनेर आएको हो, तर यहाँहरूको साथ चाहिन्छ। सुरक्षा निकायको साथविना सम्भव छैन,’ उनले भनिन्।उनले मुलुकका नागरिकलाई पनि पुनर्निर्माण र उद्धारका प्रयासमा सहयोग गर्न आग्रह गरिन्। ‘जति नोक्सानी र क्षति भएको छ, मैले मुख्य सचिवलाई भनिसकें । आफ्नै मुलुकका जनताबाट सहयोग मागेर किन नगर्ने ,’कार्कीले भनिन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार