भाटभटेनीमा भेटियो एक युवकको शव ,जेनजेड प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७४ पुग्यो

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं ।काठमाडौं महानगरपालिका–३२,कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शव फेला परेको छ । बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो । मृतक रामेछापको खाडादेवी गाउँपालिका–६, घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ ।

प्रहरीका अनुसार, अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो।योसँगै जेन जेड प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ ।विभिन्न सञ्चारमाध्यमबाट 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार