बेनी । म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ ,खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १० जना बाहेक सबै कारागार फर्काइएको जानकारी दिनुभयो । बुधबारसम्म ३१ जना कैदीबन्दी आफै सम्पर्कमा आएका र ३५ जनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
फरार कैदीबन्दीको खोजीमा प्रहरी टोली परिचालन भएको छ । काठमाडौबाट भागेर आएका एक र कास्कीबाट आएका दुई जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कारागारमा भएका ८८ जना मध्य महिला बल्कमा रहेका छ जना, पुरुष बल्कका छ जना बिरामी र हिड्न नसक्ने बाहेक सबै ताला तोडेर भागेका थिए ।
यो पनि पढनुहोस्…
यी हुन् म्याग्दी कारागारबाट कैदी भगाउने ६ जना (नामावली सहित)


























