काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् ।
सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्रको संस्थापक अध्यक्ष हुन् । उहाँ रोजगारी सिर्जना, नवप्रवर्तन प्रवर्द्धन र ग्रासरुट तहमा प्रविधिको पहुँच विस्तारमा सक्रिय हुनुहुन्छ ।
लामो समयदेखि ग्रामीण भेगमा इन्टरनेट प्रविधि पु¥याउनेदेखि युवाहरुलाई अनुसन्धान र आविष्कारतर्फ प्रेरित गर्दै आएका पुनको मन्त्री पदमा प्रवेशलाई शिक्षा प्रणालीमा सुधार, नवप्रवर्तनमैत्री नीति र व्यावहारिक शिक्षाको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।
सन् १९५५् सालमा म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएका पुनले प्रारम्भिक शिक्षा गाउँमै हासिल गर्नुभएको थियो । उच्च शिक्षाका लागि अमेरिका पुगेका उहाँले शिक्षण र प्रविधि क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभयो । नेपाल फर्किएपछि उहाँले ग्रामीण भेगमा विद्युतीय सञ्चार सुविधा पु¥याउन र इन्टरनेट प्रवाह गर्न विशेष योगदान गर्नुभयो । पहाडी बस्तीमा ‘वायरलेस इन्टरनेट’ प्रविधि स्थापना गरेर उहाँले नेपाललाई प्रविधिको नयाँ दिशातर्फ डो¥याएउनुभएको थियो ।


























