दुबई । नेपालले पहिलो टी२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो । वेष्टइण्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए ।
दोस्रो ओभरको दोस्रो बलमै कुशल भुर्तेलको डाइरेक्ट थ्रोमा ओपनर काइल मेयर्स ५ रनमै रन आउट भएका थिए । त्यसपछि नन्दन यादवको पाँचौं ओभरको अन्तिम बलमा कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए ।जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए । एक समय १६।३ ओभरमा ९४९७ को दयनीय अवस्थामा पुगेको वेष्टइण्डिजलाई कप्तान अकिल हुसेन र फबिएन एलेन अन्तिम आशाको रुपमा थिए । अन्तिम १८ बलमा ४९ रन चाहिँदा १८ औं ओभरमा १९ रन खर्चेका थिए । त्यसपछि १२ बलमा वेष्टइण्डिजलाई ३० रन चाहिँदा करण केसी बलिङमा आएका थिए ।तर करणले उत्कृष्ट बलिङका साथ मात्रै २ रन दिएपछि नेपालको एतिहासिक जित पक्का जस्तै बनेको थियो ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १९१ विकेट लिए ।त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेललाई ६ र आसिप शेखलाई ३ रनमा गुमाउँदा एक समय ३।१ ओभरमा १२९२ को अवस्थामा पुगेको नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए ।तर त्यसपछि पाएको सुरुवातलाई ठूलो इनिङमा कुनैपनि ब्याटरले परिणत गर्न नसक्दा बलियो योगफल बनाउन चुकेका थियो ।
कुशल मल्ल स्पिनर नविन बिडैसीलाई ठूलो सट खेल्ने धुनमा लङअनमा जेसन होल्डबाट क्याच आउट भए । उनले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।नविनलाई नै १३ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका रोहित डीपमिडविकेटमा क्याच आउट हुन पुगेका थिए । ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बटुले ।
गुलशन झाले नेपाललाई राम्रो अन्त्यको सम्भावना देखाएका थिए । तर नविनलाई नै १७ औं ओभरको पाँचौं बलमा ठूलो सट खेल्दा केसी कार्टीबाट तेस्रो प्रयासमा लङअफमा क्याच आउट भए । गुल्शनले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।
वेष्टइण्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । स्पिनर नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान अकिल हुसेनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने कार्यक्रम छ ।हाम्रो खेलकुद


























