बेनीतर्फ आउँदै गरेको बलेरो जिप दुर्घटना

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,कुइनेमंगलेदेखि बेनी तर्फ आउँदै गरेको बलेरो जिप बेनी नगरपालिका–९ ,स्थित तुसारेपानीमा दुर्घटना भएको छ । बुधबार मध्यान्ह १२ः१५ बजेको समयमा ग २ च ५९३० नम्बरको बलेरो जिप अचानक ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडलले जानकारी दिनुभयो ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बेनी लगिएको छ । घाइते मध्ये तीन जनालाई थप उपचारको लागि पोखरा लैजाने तयारी रहेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको अस्पताललाई उदृद्ध गर्दै प्रहरीले जनाएको छ । चालक धवलागिरी गाउँपालिका–४, सिमकोटका ३४ वर्षिय चन्द्रे पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब एक सय दश मिटर तल बाजो बारीमा खसेको छ । घाइतेहरुको नामावली र उनीहरुको स्वास्थ्य अवस्था

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार