जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ

  म्याग्दी न्यूज संवाददाता

बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर बिक सोमबार मंगला गाउँपालिका–२,थाइबाङबाट पक्राउ परेका हुन् । पक्राउ परेका विकलाई आवश्यक कारबाहीका लागि म्याग्दी कारागार पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार