फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४, फुलबारीमा सम्पन्न निशूल्क दन्त शिविरबाट चार सय ५० जना लाभान्वित भएका छन् । असोज २४ देखि २७ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको हो ।

चार दिनसम्म सञ्चालन भएको शिविरमा दाँतको विभिन्न समस्या भएका चार सय ५० जनालाई सेवा दिइएको छहारी युवा क्लवका तुलन बुढाले जानकारी दिनुभयो । दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, औषधि तथा अत्यावश्यक दन्त सामग्री वितरण सम्बन्धी सेवा दिइएको उहाँले बताउनुभयो ।

फुलबारी, निस्कोट, रुम, डाडागाउँ, ओखरबोट, च्युरीबोट, दरवाङ लगायत ठाउँका बासिन्दाले सेवा लिएका थिए । पोखराको नयाँगाउ डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा डा. सदिक्षा कोइराला, रिचा पौडेल, जुनु श्रेष्ठ, सुजित शर्मा, मोचन श्रेष्ठ, किरन कडेल, फार्मेसी शंकर राना, नर्स सनिषा पुर्जामगर, सम्झना आले राना लगायतले सेवा दिनुभएको थियो ।

हिमालयन परियोजना नेपालका संयोजक पावेल भण्डे मोर्टल र छहारी युवा क्लवका पदाधीकारी तथा सदस्यहरुले शिविरको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार