काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
गृह मन्त्रालयले सोमबार नै सहिदहरूको सूची सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो । जसमा ४५ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको हो।




























