धवलागिरी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पुनः धनजनता माविलाई

  म्याग्दी न्यूज संवाददाता

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा अन्तर माध्यमिक विद्यालय पालिका स्तरीय छैठौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वडा नम्बर ३ फलीयागाउँ स्थित धजनजता मावि बिजयी भएको छ । गाउँपालिकाको आयोजनामा मंगलबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, तीन कास्य र पाँच वटा रजत पदक जित्दै बिजेता भएको हो ।धनजनताले यसअघि दोस्रो र पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको पनि उपाधी जितेको थियो । दोस्रो भएको ताकम माविले सात स्वर्ण, पाँच कास्य र चार रजत तथा तेस्रो भएको हेम नमुना आवासीय माविले दुई स्वर्ण, छ कास्य र छ रजत पदक जितेको धवलागिरी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो ।

गाउँपालिकाको आयोजनामा तीन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा बिजेताले नगद ६० हजार रुपैयाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय र तृतीय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ४० हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्रदान गरिएको छ । १२ वटा विद्यालयका विद्यार्थीहरुबीच एथलेटिक्स र भलिबल बिधाको २८ वटा खेलमा प्रतिस्पर्धा भएको थियो । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन, प्रतियोगिता संयोजक तथा ताकमका वडा अध्यक्ष अशोक खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको सबै बिधामा प्रथम हुने खेलाडीलाई धवलागिरी गाउँपालिका–३, फलीयागाउँका रेशम भण्डारीले व्यक्तिगत रुपमा नगद तीन हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको छ । यसैगरी एथलेटिक्स र भलिबलको छात्राछात्र तर्फ उत्कृष्ट हुने चार जनालाई हाल अष्ट्रेलियामा रहेका धवलागिरी गाउँपालिकाका पूर्व कर्मचारी आस्विन खत्रीले दुई हजार पाँच सय रुपैयाँका दरले नगद पुरस्कार उपलब्ध गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार