कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश

  धनिलाल गर्बुजा

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दर्शी मेला २०८२ अन्तर्गत वडा स्तरीय बास्केटबल प्रतियोगितामा कालीपुल रेड र पिप्ले फाइनलमा प्रवेश गरेका छन् । खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा सोमबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा पिप्ले बाँसखर्क ब्ल्याकलाई र दोस्रो सेमिmाइनल खेलमा कालीपुल रेडले दोबालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल सबै प्रतियोगिताको सँगै हुने जनाइएको छ । प्रतियोगितामा बास्केटबल सँगै प्रौढ भलिबल, महिला भलिबल, पुरुष भलिबल प्रतियोगिता र खुल्ला नृत्य प्रतियोगिता समेत संचालन हुँदैछन्।

प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार , द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार