बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य एवं समाजसेवी रमेश फगामीले बेनीका दुई विद्यालयलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा मंगलाघाट निवासी फगामीले बेनी स्थित बेनी सामुदायिक मावि र प्रकाश माविलाई प्रति विद्यालय पचास हजार रुपैयाँका दरले एक लाख रुपैयाँ सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो ।
फगामी ति दुई विद्यालयको भुपु विद्यार्थी समेत हुनुहुन्छ । फजुल खर्च गरेर जन्मदिन मनाउने चलन चलिरहेको अवस्थामा उहाँले गर्नुभएको विद्यालयलाई सहयोगले सकारात्मक सन्देश प्रवाह गरेको छ । उक्त रकमको चेक दुवै विद्यालयका प्रअ र व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।वडा अध्यक्ष रमेश श्रेष्ठको उपस्थितिमा बेनी सामुदायिक माविका प्रअ दिपक श्रेष्ठलाई तथा प्रकाश माविका प्रअ लेखबहादुर हमाल र विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई रकमको चेक हस्तान्तरण गर्नुभयो । जन्मदिनमा विद्यालयलाई आर्थिक सहयोग गरेकोमा दुवै विद्यालयले धन्यवाद व्यक्त गर्दै सम्मान गरेका छन् ।




























