गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा जारी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बालाचतुर्दशी मेला -२०८२ अन्तर्गत प्रौढ भलिबल प्रतियोगिताको फाइनलमा घार र घतान प्रवेश गरेका छन् ।खेलकुद सँगै सामाजिक क्रियाकलापमा सक्रिय गलेश्वर शिव युवा क्लबको आयोजना तथा गलेश्वरधाम आमा समुह र गलेश्वर बजार टोल विकास संस्थाको संयुक्त सह–आयोजनामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा घतानले पिप्ले र बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा म्याग्दी आलोक गेस्ट हाउस काठमाडौं ,पुलाचौरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।
यो पनि…
कालीपुल रेड र पिप्ले वडा स्तरीय बास्केटबल प्रतियोगिताको फाइनल प्रवेश
प्रतियोगितामा प्रौढ भलिबल र बास्केटबल लगायत सबै प्रतियोगिताका फाइनल सँगै खेलाइने आयोजकले जनाएको छ ।प्रतियोगितामा भलिबलको पुरुष तर्फ प्रथम पुरस्कार १,०१,१११ हजार , द्धितिय ५१,१११ हजार, महिला भलिबलतर्फ प्रथम ५१,१११ हजार, द्धितिय ३०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र त्यसैगरी पुरुष बास्केटबल प्रथम ७५,१११ हजार र द्धितिय ४०,१११ हजार नगद सहित ट्रफिल, मेडल र प्रमाण पत्र रहेका छन् ।


























