मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर निर्विरोध

म्याग्दी । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार मगर संघको सभाहल बेनीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो ।

समितिको उपाध्यक्षमा विष्णु कुमारी रोका मगर, सचिबमा हिरा बहादुर पुन मगर, कोषाध्यक्षमा दुर्गा बुढा मगर, सहसचिबमा रमेश फगामी मगर चयन हुनुभएको छ । यस्तै समितिका सदस्यहरुमा एकजित रोका मगर, देव राना मगर, टकबहादुर पुन मगर, बिजय घर्तिमगर, तिलक पुन मगर, बिमला शेरपुञ्जा मगर, थविना पुन मगर, टकमाया पुर्जा मगर, इयाम बहादुर बुढाथोकी मगर र नन्दकुमार पाईजा चयन हुनुभएको सचिव हिरा बहादुर पुनले जानकारी दिनुभायो ।

नवनिर्वाचत अध्यक्ष थापाले मगर समुदायको प्राचिन सम्भता, कला र संस्कृतिको जर्गेना गर्ने, लोपउन्मुख कला र संस्कृतिको संरक्षणमा विषेश ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । म्याग्दीमा मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा र भेषभूषा तथा जीवनशैली रहेको छ । सहसचिब रमेश फगामीले स्वागत र सचिब हिरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार