एमाले म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ युवा नेता पौडेल सहित पाँच जना सिफारिस

  म्याग्दी न्युज संवाददाता

बेनी । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट नेकपा एमालेका पाँच जनाको नाम सिफारिस भएको छ ।

एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रवार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले अनेरास्ववियुको अध्यक्षमा पराजित भएका पौडेललाई प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको हो । पौडेल सँगै हरिकृष्ण श्रेष्ठ,बालकृष्ण सुवेदी,बलादेवी राई र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।सुवेदी जिल्ला कमिटीका अध्यक्ष ,  श्रेष्ठ केन्द्रिय सदस्य ,शाही पार्टी सचिवालय सदस्य र राई जिफन्ट म्याग्दी पुर्व अध्यक्ष हुनुहुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार