छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विकट गाउँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  म्याग्दी न्युज संवाददाता

बेनी ।छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने योजना अन्तर्गत रितुङ माविबाट कार्यक्रम सुरु गरेको हो ।

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न लागिएको जानकारी दिनुभयो । ‘हाम्रो डाटामा यी दुई जिल्लामा करिब ६ सय विद्यार्थी छन्, ति सबैलाई हामीले शैक्षिक सामाग्री वितरण गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौँ ।’

शनिबार नेपाल छन्त्याल संघ प्रारम्भिक समिति घ्यासीखर्कको समन्वयमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो । विद्यार्थीलाई शैक्षिक सामाग्री विवतरण गर्दै र अध्यक्ष भण्डारीले विदेशमा आफ्नो श्रम गर्न पुगेका व्यक्तीहरुले आफ्नो समुदायका विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रयास उदाहरणीय भएको बताउनुभयो ।

‘यस्तो दुर्गम बस्तीमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुुँदै  गएका छन् । यस्ता कार्यक्रमहरुले विद्यार्थीको शैक्षिक सुधारमा टेवा पुग्नेछ’ ,उहाँले भन्नुभयो ।रितुङ माविका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले कतिपय विद्यार्थीहरुको आर्थिक हिसाबमा पनि कमजोर हुँदा, उनीहरुको नियमित पठनपाठन समेत प्रभावित हुने अबस्था विद्यार्थीहरुका लािग निकै उपयोगि हुने बताउनुभयो । ‘यस्तो सहयोग अन्य समुदायका विद्यार्थीहरुलाई पनि आवश्यक रहेको हुदा अन्य सहयोगको पनि अपेक्षा गरेका छौँ’, उहाँले भन्नुभयो  ।

उक्त सहयोग हस्तातरण कार्यक्रममा रघुगंगा आधारभुत विद्यालयका प्रअ चन्द्रमान छन्त्यालको अध्यक्षता, शिक्षक नन्दबहादुर छन्त्यालको स्वागत र शिक्षिका दिपिका छन्त्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिपिएले तत्काल म्याग्दीको ठाडखानी, मलम्पार र बागलुङको विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार