बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले वडागत संगठन विस्तारलाई तीव्र बनाएको छ । संगठन विस्तार अन्तर्गत बेनी नगरपालिका वडा नम्बर १ को प्रथम वडा अधिवेशनले नयाँ वडा समिति गठन गरेको छ।
अधिवेशनबाट धन्य बहादुर बोगटी सभापतिमा चयन हुनुभएको छ भने निशा शर्मा उपसभापति चयन हुनुभएको छ। त्यसैगरी गोपाल रावल सचिव र नन्द बहादुर थापा उपसचिवमा चयन हुनुभएको छ।
वडा समितिका सदस्यहरूमा दल बहादुर थापा, नारायण बोगटी, तेज भण्डारी, बिन्दु थापा र विष्णु कुमार बोगटी रहनुभएको छ।अधिवेशनले संगठन विभागको संयोजकमा गणेश शर्मा र उपसंयोजकमा धन्जु बोगटी लाई चयन गरेको छ।
त्यसैगरी RAT (राष्ट्रिय अभियान टोली) तर्फ राम गिरी संयोजक तथा चन्द्र बहादुर बोहोरा उपसंयोजकमा चयन हुनुभएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति युवराज रोका लगायत सहभागी वक्ताहरूले जिल्लाभर सबै वडामा संगठन विस्तार गरि संगठनलाई अझ सुदृढ बनाउँदै वडा तहबाटै सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।


























