पोखरा । नेपाल पुन मगर समाज केन्द्रीय समितिको भातृ संगठन नेपाल पुन मगर संस्कृति, सञ्चार तथा प्रतिभा उजागर समितिको अध्यक्षमा देव चोचाङगी पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ । बुधबार पोखरा महानरपालिका–३२, स्थित तल्लो गगनगौडा पुन मगर समाज भवनमा भएको प्रथम भेलाबाट चोचाङ्गी मगरको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सहित नौ विदेश संयोजक सर्वसम्मत चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चित्र जुगजाली पुन मगर म्याग्दी, उपाध्यक्ष श्याम थाने पुन मगर कास्की, महिला उपाध्यक्ष ललिता पहरे पुन मगर कास्की, महासचिव केशु सुत पहरे पुन मगर बागलुङ, उपमहासचिव प्रियङ्का गर्वुजा पुन मगर म्याग्दी, सचिव ध्रुव वारङ्गी पुन मगर पुर्वि रुकुम, कोषाध्यक्ष पविता गर्वुजा पुन मगर ललितपुर काठमाडौं, सहकोषाध्यक्ष दिवा पाईजा पुन मगर कास्की चयन भएका छन् ।

यस्तै सदस्यहरुमा उमा सुत पहरे पुन मगर पोन्थोक मालिका म्याग्दी, केशर बहादुर पुर्जा पुनमगर दोबा अन्नपूर्ण म्याग्दी, अन्जिन पुन मगर दोबा अन्नपूर्ण म्याग्दी, सोफिया गर्वुजा पुन मगर तल्लो गगनगौडा कास्की, स्टिभ पुन मगर ढुङ्गेपाटन कास्की, रोहित पहरे पुन मगर पुडिटार पोखरा कास्की, जानेस पुन मगर अर्चलबोट पोखरा कास्की, शोभा फगामी पुन मगर तल्लो गगनगौडा कास्की, गुप्त बहादुर पहरे पुन मगर माछापुच्छ्रे कास्की, विवेक तिलिजा पुन मगर पाउद्वार म्याग्दी, चन्द्र वहादुर सेरपुजा पुन मगर लामेहाल कास्की, सुनिल पुन मगर गाछेपानी तनहुँ, मनिष पुन मगर तल्लो गगनगौडा कास्की, शिब पाईजा पुन मगर दर्मिजा रघुगंगा म्याग्दी, सिमा पहरे पुन मगर नांगी अन्नपूर्ण म्याग्दी, आइस्ना सेर्पुजा पुन मगर बेनी म्याग्दी, किस्मा सेर्पुजा पुन मगर बेनी म्याग्दी, नरिसा चोचाङ्गी पुन मगर मुदी धौलागिरी म्याग्दी, नवीन सुत पहरे पुन मगर बिम मालिका म्याग्दी, सुक बहादुर पहरे पुन मगर पातिचौर मोदी पर्वत, दुमा पुर्जा पुन मगर क्याङ मोदी पर्वत, भद्र पहरे पुन मगर लेसपार मोदी पर्वत, प्रिती पुन मगर खुँइजेरी मोदी पर्वत, लक बहादुर पहरे पुन मगर बनौ जलजला पर्वत, विनोद पुर्जा पुन मगर बौर जलजला पर्वत, अमित खोरजा पुन मगर घाचोक कास्की, रोशनी गर्वुजा पुन मगर लामाचौर पोखरा कास्की, कृष्टिना थाने पुन मगर बगर पोखरा कास्की, श्याम अर्मजा पुन मगर ओख्रेनी जलजला पर्वत, यसोधा गर्वुजा पुन मगर तल्लो गगनगौडा कास्की, मिना पुर्जा पुन मगर तल्लो गगनगौडा कास्की, सुशील गर्वुजा पुन मगर पुडिटार कास्की, कृष्ण गर्वुजा पुन मगर ढुङ्गेपाटन कास्की, केश बहादुर पहरे पुन मगर अर्घौं कास्की, हित मायाँ तिलिजा पुन मगर गाछेपानी तनहुँ, चन्द्र कुमारी सुत पहरे पुन मगर लालिम तनहुँ, लिल बहादुर सेर्पुजा पुन मगर एक्लेखेत तनहुँ, लालमणि साइ पुन मगर नारायणगढ चितवन, विकास रामजाली पुन मगर डोटि, विरता रामजाली पुन मगर कैलाली, अम्विका सुत पहरे पुन मगर बागलुङ, गोबिन सुत पहरे पुन मगर वुटवल रुपन्देही, कृष्ण बहादुर पोङ्गे पुन मगर त्रिवेणी रोल्पा, कुमार पजङ्गी पुन मगर सानो भेरी पश्चिम रुकुम, कञ्चन पजङ्गी पुन मगर सिस्ने पुर्वि रुकुम, दिलचन दर्लामी पुन मगर भुमे पुर्वि रुकुम, टीका पहरे पुन मगर शान्ति नगर दाङ, मनोज रामजाली पुन मगर कैलाली, ओम प्रकाश बबाल पुन मगर कैलाली, ठगेन्द्र रामजा पुन मगर सल्यान, साजन चोचाङ्गी पुन मगर मालिका म्याग्दी, धनिलाल गर्वुजा पुन मगर गलेश्वर म्याग्दी संयोजक, पुर्ख बहादुर पुर्जा पुन मगर लोप्रे पर्वत संयोजक रहेका छन् ।

विदेश शाखाका संयोजकहरुमा, देवेन्द्र चोचङ्गी पुन मगर दक्षिण कोरिय, निलम कुमार गर्बुजा (थाप) पुन मगर अमेरिका, सन्तोष पहरे पुन मगर जापान, अन्जु चोचाङ्गी पुन मगर स्पेन, बिल पुर्जा पुन मगर युके, भरत पाईजा पुन मगर माल्टा, विजय गर्वुजा पुन मगर युएई, गमायाँ पाईजा पुन मगर बेलारुस, निस्मा पुर्जा पुन मगर अष्ट्रेलिया निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक खमबहादुर गर्बुजा पुन मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर गर्बुजा पुन मगरले चोचाङ्गीको नेतृत्वमा समितिले मगर खाम मातृभाषा, धर्म, संस्कार, संस्कृति र भेषभूषा संरक्षण एवम् प्रवर्धन गर्न अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुन मगर संस्कृतिको पहिचान जोगाउन र भावी पुस्तामा हस्तान्तरण गर्न समितिको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

नव–निर्वाचित अध्यक्ष चोचाङ्गीले मगर समुदायको मौलिक संस्कृति संरक्षण, सञ्चार माध्यममार्फत समुदायका गतिविधि प्रवर्द्धन तथा लुकेका प्रतिभाहरू उजागर गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवालाई सिर्जनशील गतिविधिमा जोड्दै समुदायलाई एकताबद्ध बनाउने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पुन मगर समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष लेखबहादुर फगामी पुन मगर, केन्द्रीय सदस्यहरु कृष्ण बहादर पुन मगर, तुल बहादुर पुर्जा पुन मगर, मनमायाँ पुन मगर, जिल्ला अध्यक्ष कास्कीका जमबहादुर पुन मगर, सचिव केशबहादुर पुन मगर, पोखरा महानगरपालिका–३२ तल्लो गगनगौडा वडा समिति अध्यक्ष लोकबहादुर पुन मगर, उपाध्यक्ष मिना पुन मगर, धौलागिरी पुन मगर आमा समुह अध्यक्ष, कोषाध्यक्ष सुदा पुन मगर, सातगाउँ क्षेत्रीय पूर्व अध्यक्ष होमबहादुर खोरजा पुन मगर, नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्ष सुरज थापा मगर लगायत उपस्थिति रहेको थियो ।
देशभरका पुन मगर प्रतिनिधिको सहभागिता रहेको कार्यक्रम संयोजक देव चोचाङ्गी मगरको स्वागत र मिस मगर नेपालकी टिम कोर्डिनेटर प्रियङ्का गर्बुजा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।



























