
बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको निर्णय बमोजिम प्रतिनिधि सभा सदस्यका लागि म्याग्दी जिल्लाबाट पार्टी केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार चयन हुनुभएको छ।शनिबार बसेको पार्टी सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागी केन्द्रिय सदस्य समेत रहनुभएका श्रेष्ठलाई टिकट दिएको हो ।
उहाँ यस अघिको निर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो । उहाँ निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा `खम्बिर´संग पराजित हुनुभएको थियो । जिल्ला कमिटीले उहाँ सँगै युवा नेता प्रकाश पौडेल सहित पाँच जनाको नाम सिफारिस गरेको थियो ।


















































