
बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी )लाई उम्मेद्वार बनाउने करिब निश्चित भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रेशम बानियाँका अनुसार ,आन्तरिक छलफलबाट कांग्रेस म्याग्दीले उपसभापति भण्डारीलाई निर्वाचनमा उम्मेद्वार बनाउने निश्चित गरेपनि कांग्रेस संसदीय बोर्डले टुंग्याउन बाँकी रहेको छ । कांग्रेस संसदीय बोर्डले टुंग्याउन बाँकी रहेको छ । रघुगंगा गाउँपालिका–२,भगवतीका ५७ वर्षिय भण्डारीले बिएल स्नातक तहसम्म अध्ययन गर्नुभएको छ ।उम्मेद्वारका लागि जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र भण्डारीको नाम सिफारीस गरेको थियो ।
विद्यार्थी देखि राजनितिक यात्रा थाल्नुभएका भण्डारी २०७२ मा कांग्रेस म्याग्दीको कार्यवाहक सभापति बन्नुभएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा बोर्ड डाइरेक्टर भएर करिब २२ महिना काम गर्नुभएको थियो । विज्ञान तथा प्रविधि विकासमा ठुलो योगदान पु¥याउनुभएका भण्डारीकै नेतृत्वमा नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिनको निर्माण भाएको हो । भण्डारी राजनितिक सँगै सामाजिक सेवामा समेत सक्रिय हुनुहुन्छ ।


















































