प्रतिनिधि सभा निर्वाचन : म्याग्दीमा एक जनाले मात्र फिर्ता लिए उम्मेद्वारी

म्याग्दी । म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार नविन जिसीले शुक्रबार मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

एउटा निर्वाचन क्षेत्र भएको म्याग्दीमा १३ जनाको उम्मेदवारी परेको थियाे । शुक्रबार एक जनाले उम्मेदवारी फिर्ता लिएपछि १२ जनाको कायम भएको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।उम्मेदवारी फिर्ता लिएपछि उहाँको नाम उम्मेदवारको सूचीबाट हटाइएको छ ।   रास्वपाबाट उम्मेदवार बन्नुभएका युवराज रोका मगरले फिर्ता लिन मुख्य निर्वाचन कार्यालयमा पुगे पनि तोकिएको समय सिमा सकिएपछि दर्ता हुन सकेन । यसैगरी म्याग्दीमा स्वतन्त्र उम्मेद्वार बन्नुभएका महावीर पुनलाई समर्थन बिहिबार विज्ञप्ति मार्फत घोषणा गनुभएका नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजा (तार्जन) पनि उम्मेद्वारी फिर्ता लिनआएपछि उहाँको उम्मेद्वारी कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार