आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

  म्याग्दी न्यूज संवाददाता

म्याग्दी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेकपा देशको पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । नेकपा म्याग्दीले बुधबार सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्डले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो सार्मथ्यका साथ पहिलो शक्ती बन्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरूसँग चुनाव लक्षित कुराकानी हुने गरेपनि तालमेलका प्रस्तावलाई चासो नदिएको संयोजक प्रचण्डले बताउनुभयो । तालमेल नगरी सबैभन्दा बढी सिट जित्ने दावी गर्दै प्रचण्डले भन्नुभयो ,‘‘विचार र राजनितिक मुद्धाको आधारमा चुनावमा होमिएकाले देशभर महोल हाम्रो पक्षमा छ । त्यसैले बाँकी तीन हप्ता राम्रो राम्रो अभियान लिएर जनताको घरदैलोमा गयौं भने नेकपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन ।’’

राजनीतिक दलमा नाम, चुनाव चिह्नले नेकपा मात्रै देशको नयाँ पार्टी भएको बताउनुभयो । जेन–जेड आन्दोलपछि सङ्घीयता र गणतन्त्रको रक्षाका लागि आफ्नो नेतृत्वमा देशलाई दुर्घटना हुनबाट जोगाएको संयोजक प्रचण्डको जिकिर थियो । संयोजक प्रचण्डले भ्रष्टाचारको पक्षधरसँग चुनावमा गठबन्धन नगरी अगाडी बढेको अवस्थामा जेन–जेड पुस्ताबाट समेत सहयोग मिलेको बताउनुभयो ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कुनैपनि हालतमा नसर्ने र एकैपटक देशभर सञ्चालन हुने बताउनुभयो ।

संयोजक प्रचण्डले पश्चिम म्याग्दी हुँदै रुकुम जोड्ने बेनी–दरबाङ–जलजला सडकलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउने, सिङ्गा तातोपानी, पौलस्य पुलह आश्रम क्षेत्रसहित जिल्लाका आवश्यकता पूरा गर्न प्रतिनिधिसभा सदस्यमा अजूर्न थापालाई विजयी बनाउन समेत मतदातालाई अपिल गर्नुभयो । संयोजक प्रचण्डले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस, राष्ट्रि«य स्वतन्त्र पार्टी र नेकपा एमाले हुने दावी समेत गर्नुभयो । निर्वाचनमा नेकपालाई कमजोर बनाउन डिजिटल प्रविधिको प्रयोग गरी मिथ्या सूचना प्रचार भइरहेको बताउँदै संयोजक प्रचण्डले नेताकार्यकर्तालाई खण्डन सहित सत्य र तथ्य सूचनालाई मात्रै विश्वास गर्न अनुरोध गर्नुभयो । पार्टी प्रशिक्षणमा केन्द्रिय नेताहरू पम्पा भुषाल, दिननाथ शर्मा लगायतका नेताहरू आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार