दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–४,खिबाङको केराबारी स्थित बेनी–नाउरा सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएका छन् । बिहिबार नाउराबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ७२२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक सहित सात जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
ईप्रका प्रहरी निरिक्षक रवीन्द्र कार्कीका अनुसार ,दिउँसो २ बजेर दश मिनेटको समयमा दुर्घटनामा परी घाइते हुनेमा धवलागिरी गाउँपालिका–४,बगरका ३७ वर्षिय चालक नन्दबहादुर सुनार (सामान्य) , रौतहतको चन्द्रपुर नगरपालिका १ का ३९ वर्षियमनिराज लुङ्गेली (मध्यम) ,अछामको तोरमखाँद गाउँपालिका –५,का २७ वर्षिय खगेन्द्र शाही (गम्भिर) ,पाँचथरको मिक्लाजुङ गाउँपालिका घर भई झापाको दमक बस्ने ३४ वर्षिय पाल्दिङ तामाङ (सामान्य) ,अछामकै तुरमखान गाउँपालिका–५,का २० वर्षिय निरक शाही (मध्यम) ,धवलागिरी गाउँपालिका–४,खिबाङका २२ वर्षिय छयन्द्र घर्ती (सामान्य) र सोही धवलागिरी गाउँपालिका–४,नाउराकी ४० वर्षिया टिका घर्ती (गम्भिर) घाइते हुनुभएको छ । घाइते मध्ये गम्भिर घाइते हुनुभएका खगेन्द्र र टिकालाई दरबाङ आधारभुत अस्पतालमा प्राथमिक उपचार पछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचारका लागि रिफर गरिएको छ । जिप सडकदेखि करिब २५ मिटर तल खोल्सामा खसेको थियो । चालक सुनारलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


























