म्याग्दी । बिहिबार सम्पन्न प्रतिनिधिा सभा निर्वाचन अन्तर्गत म्याग्दीमा ४६ हजार ८९३ मत खसेको छ । कुल मतदाता संख्याको ५४.२७ प्रतिशत मत खसेको हो । २५ हजार ११८ महिला , २१ हजार सात सय ७४ पुरुष र अन्य एक जना मतादाताले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल मतदाता सङख्या ८६ हजार तीन सय९७ रहेका छन् । मतदान सकिएसँगै मतपेतिका सङ्कलनको काम सुरु भएको छ । आजै राति एक–दुई बजेसम्म मतपेतिका सङ्कलन गरी भोली विहान सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो ।


























