
बेनी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा मतगणना थालिएको छ । शुक्रबार बिहान सर्वपक्षीय बैठक बसेर ८:४५ बजेदेखि धवलागिरी गाउँपालिका -१,गुर्जा स्थित जनकल्याण मावि मतदान केन्द्र र वडा नम्बर २ स्थित लमसुङ मावि मतदान केन्द्रको मतपेटिकाको मतगणना थालिएको छ । दुई घण्टाको समयमा मत परिणाम सार्वजनिक गरिने भएको छ ।

म्याग्दीमा कुल मतदाताको ५४.२८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लाका कुल ८६,३९७ मतदातामध्ये ४६,८९० जनाले मताधिकार प्रयोग गरेका छन्। मतदान गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा बढी देखिएको छ। मतदानमा २५,११८ महिला, २१,७७४ पुरूष र अन्य १ जनागरी ५४.२८% मत खसेको हो ।
भिडिओ ….


























































