नेकपाका उम्मेद्वार अर्जुन थापाको वडामा स्वतन्त्र उम्मेद्वार महावीर पुनलाई बढी मत !

  म्याग्दी न्यूज संवाददाता

बेनी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीमा मतगणना जारी छ । हालसम्म स्वतन्त्र उम्मेद्वार महावीर पुन भारी मत सहित अग्र स्थानमा हुनुहुन्छ । नेकपाका उम्मेद्वार अर्जुन थापालाई आफ्नै वडामा कम मत आएको छ । धवलागिरी गाउँपालिका-७,का उम्मेद्वार थापाको तारा चिन्हमा तीन सय ४९ मत खसेको छ भने स्वतन्त्र उम्मेद्वार महावीर पुनको त्रिभुज चिन्हलाई पाँच सय २९ मत खसेको छ ।

त्यस वडामा १ हजार चार सय ४५ मत खसेको थियो । नेकपा एमालेलाई दुई सय ५९ ,कांग्रेसलाई ११८ मत खसेको छ भने एक सय ३८ मत बदर भएको छ ।धवलागिरी ,मालिका सबै वडा र  मंगला गाउँपालिकाको वडा नम्बर १ कुहुँको मतगणना सकिँदा सम्म महावीर पुनले भारी मतान्तरले अघि बढ्नुभएको छ ।हालसम्म स्वतन्त्र उम्मेदवार महावीर पुन (त्रिभुज) 🔺- ६३०२ हरिकृष्ण श्रेष्ठ (सुर्य ) ☀️- २५१७ कर्ण बहादुर भण्डारि ( रुख ) 🌲- १६३१ अर्जुन थापा ( तारा ) ⭐️- १७०० मत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार