एमालेका उम्मेद्वार श्रेष्ठले आफ्नै वडामा पाए स्वतन्त्र उम्मेद्वार महावीर पुनले भन्दा कम मत

  म्याग्दी न्युज संवाददाता

बेनी । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मतगणनामा म्याग्दीमा नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नै वडामा स्वतन्त्र उम्मेदवार डा.महावीर पुनले भन्दा कम मत प्राप्त गर्नुभएको छ । बेनी नगरपालिका वडा नम्बर ७ निवासी उम्मेद्वार श्रेष्ठले दुई सय ३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार पुनले दुई सय साठी मत पाउनुभएको छ । यस वडामा सात सय १४ मत खसेको थियो ।

बेनी नगरपालिका – ७, बेनीमा मतगणना सम्पन्न हुँदा उमेदवारहरुले प्राप्त गरेको मतपरिणाम
स्वतन्त्र (त्रिभुज) : २६०
नेकपा एमाले(सूर्य) : २३९
नेपाली कांग्रेस (रुख) : ११५
नेकपा (तारा) : २८
घण्टी : २३
हलो : ७

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार